जोडिनुहोस
  • होमपेज
  • रेशम चौधरीको आममाफी विरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

रेशम चौधरीको आममाफी विरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं । टीकापुर घटनाका मुख्य योजनाकार रेशमलाल चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध दायर भएको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सो रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ ।

शारदा बोहरा कडायतले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको हो । शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला अदालत, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिएका हुन् । राष्ट्रपतिबाट आममाफी पाएका रेशम यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका