जोडिनुहोस
  • होमपेज
  • विवादास्पद नागरिकता विधेयक प्रमाणीकरणबारे यस्तो छ राष्ट्रपति कार्यालयको तर्क

विवादास्पद नागरिकता विधेयक प्रमाणीकरणबारे यस्तो छ राष्ट्रपति कार्यालयको तर्क

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै आलोचना बढेको छ । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र पत्रबमोजिम प्रमाणीकरण गरिएको भनिएको छ ।

यो आफैंमा त्रुटिपूर्ण रहेको विज्ञहरु बताउँछन् । कुनै पनि विधेयक प्रमाणीकरणका लागि सरकारले होइन संसदले पठाउने हो । जुन सदनमा उत्पति भएको हो सोही सदनका सभामुख वा अध्यक्षले प्रमाणिकरणको लागि पठाउनुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।

भण्डारीले देशको हितविपरीतका कतिपय प्रावधान रहेको र महिलाविरोधी रहेको भन्दै सो विधेयक प्रमाणित नगरी संसदमा फिर्ता पठाएपछि पुनः संसदबाट जस्ताको तस्तै पारित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका