जोडिनुहोस
  • होमपेज
  • प्रदेशको नाममा पुनर्विचार गर्न कोशीका १४ कांग्रेस जिल्ला सभापतिको माग

प्रदेशको नाममा पुनर्विचार गर्न कोशीका १४ कांग्रेस जिल्ला सभापतिको माग

विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिहरूले प्रदेशको नाममा पुनर्विचार गर्न आग्रह गरेका छन् । १४ वटै जिल्लाका सभापतिहरूले विज्ञप्ति निकाल्दै नाममा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्छ । यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौँ ।’

विज्ञप्तिमा प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा गम्भीर आपत्ति जनाउँदै प्रदेशका जनता आन्दोलित भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण
भएको उल्लेख छ ।

विज्ञप्तिमा आन्दोलनमा संयमित हुन हामी आन्दोलनकारीहरूलाई विशेष आग्रह गर्दछौँ भने जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथा
विरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न जोडदार माग गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका