जोडिनुहोस
  • होमपेज
  • बनाउने भन्दा देश बिगार्न प्रेरित गर्ने तत्त्वहरू सशक्त छन् : ओली

बनाउने भन्दा देश बिगार्न प्रेरित गर्ने तत्त्वहरू सशक्त छन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल देश बनाउनेभन्दा बिगार्न प्रेरित गर्ने तत्त्वहरू बढी सशक्त रहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश बिगार्ने, समाज भड्काउने र युवाहरुलाई टुनामुना गरेर भेद्ने तत्त्वहरू धेरै सशक्त रहेकाले सचेत हुनुपर्ने बताएका हुन् ।

‘हाम्रोमा देश बनाउने भन्दा बिगार्न प्रेरित गर्ने तत्त्वहरू धेरै सशक्त छन् । भड्काउने तत्त्वहरू सशक्त छन्, उनीहरुले युथहरुलाई टुनामुना गरेर भेदिरहेका छन्’, अध्यक्ष ओलीले भने, ‘भेदेर मानसिक बिमारी बनाइरहेका छन् । त्यो भेद हामीले निकाल्नुपर्छ ।’

उनले एमालेले कलाकार र युवा शक्तिलाई दुरुपयोग गर्ने नभई सुन्दर देश बनाउने काममा परिचालन गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका