जोडिनुहोस
  • होमपेज
  • सेभियालाई युरोपा लिगको उपाधि

खेलकुद

सेभियालाई युरोपा लिगको उपाधि

  • Sagarmatha TV
  • बिहिबार, जेष्ठ १८, २०८०
सेभियालाई युरोपा लिगको उपाधि

काठमाडौं । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै सेभिया च्याम्पियन बनेको हो ।

सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिगको उपाधि जितेको हो । खेलको ३४ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।

त्यसपछि खेलको निर्धारित र थप गरिएको समयमा दुबै टोलीबाट गोल भएन र खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा सेभियाका गोन्जालो मोन्टिल, इभान राकिटिच, एरिक लामेला र लुकास ओकाम्पुसले गोल गरे ।

रोमाका ब्रायन क्रिस्टान्टेले गोल गरे । रोजर इबानेज र जियानलुका मान्सिनी पेनाल्टीमा चुके ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका