जोडिनुहोस
  • होमपेज
  • भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पायौं : प्रचण्ड

भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पायौं : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रचण्डले भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति दिएको बताएका हुन् ।

उनले नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने सहमति भएको बताए । तीन महिनाभित्र डीपीआर बन्ने र एक वर्षमा अगाडिका काम बढ्ने सहमति भएको प्रचण्डले उल्लेख गरेका छन् ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको उनको भनाइ छ । मोदीले हिन्दीमा बोलेको पत्रकार सम्मेलनमा प्रचण्डले अङ्ग्रेजीमा सम्बोधन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका