जोडिनुहोस
  • होमपेज
  • नेपाल-भारतबीच भए यी सम्झाैता (सूचीसहित)

नेपाल-भारतबीच भए यी सम्झाैता (सूचीसहित)

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका ७ वटा सम्झौतामा सम्झौतामा हस्ताक्षर भएको छ ।

हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

हेर्नुस्- सम्झौता गरिएका परियोजनाहरूको सूची

१. नेपाल-भारत पारवहन सम्झौता नवीकरण
२. सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने ।
३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने ।
४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने
५. तल्लो अरुणको पिडिए गर्ने
६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने
७. डिजिटल पेमेन्ट सम्झौता

शिलान्याय, उद्घाटनको सूची यसप्रकार छन्
-सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास

-नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन

-बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन

-अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास

-गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका