जोडिनुहोस
  • होमपेज
  • पाकिस्तान सरकारको शर्त : इमरानले माफी मागे मात्र वार्ता

पाकिस्तान सरकारको शर्त : इमरानले माफी मागे मात्र वार्ता

पाकिस्तानका वित्तमन्त्री इशाक डारले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले मे ९ मा भएको दङ्गाका लागि राष्ट्रसँग माफी मागेमा मात्र वार्ता सम्भव हुने बताएका छन् । एक निजी समाचार च्यानलसँग कुरा गर्दै इशाक डारले भने, “इमरानसँगको वार्ता तब मात्र हुनेछ जब पीटीआई अध्यक्षले आफ्नो गल्ती स्वीकार्नुहुनेछ र त्यसलाई नदोहोरिने कसम खानुहुनेछ ।”

उनले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का प्रमुख नवाज सरिफलाई इमरान खानसँग वार्ताका लागि मञ्जुर गराउनुपर्ने बताएका थिए । उनले नवाज सरिफले हिंसाका दोषीसँग वार्ता गर्न नमिल्ने धारणा राखेको बताए । इशाक डारले भने, ‘नवाज सरिफले हिंसाको पूर्वतयारी गर्नेहरूसँग वार्ता गर्न नसकिने बताउनुभएको छ ।’ उनले मे ९ को घटनाको अनुसन्धान भइरहेको र मे ९ मा भएको घटनामा संलग्न तत्वलाई न्यायको कठघरामा ल्याइने बताए ।

डारले मे ९ जस्ता घटना फेरि नदोहोरियोस् भनेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए । उनले दङ्गाको योजनामा इमरान खान संलग्न रहेको प्रमाणले देखाएको दावी गरे । सरकार राजनीतिक उत्पीडनमा विश्वास नगर्ने उनले बताए ।

एक प्रश्नको जवाफमा उनले भने, “यदि नवाज सरिफकी छोरीलाई पक्राउ गर्न सकिन्छ भने कसैकी श्रीमतीलाई पनि पक्राउ गर्न सकिन्छ किनभने कोही पनि कानूनभन्दा माथि छैन ।” इशाक डारले भने, “मे ९ को घटनामा संलग्न महिलाले राहत पाउन सक्दैनन् ।’ पीटीआईका अध्यक्ष खानले आफ्नो कार्यकालमा पाकिस्तानको भलाइका लागि कुनै भूमिका नखेलेको दावी पनि उनले गरे ।

डारले पीटीआई अध्यक्षको गलत निर्णयका कारण पाकिस्तानले आर्थिक कठिनाइको सामना गर्नुपरेको दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका