जोडिनुहोस
  • होमपेज
  • भारतले चाहेको विषयमा नेपालले आँखा चिम्लेर सहमति जनायो : शंकर पोखरेल

भारतले चाहेको विषयमा नेपालले आँखा चिम्लेर सहमति जनायो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौतामा नेपालको चाहनाका विषयहरु सम्बोधन हुन नसकेको बताएका छन् ।

प्रधानमन्त्रीको चार दिने भारत भ्रमणका क्रममा बिहीबार उर्जा तथा पारवहन, डिजिटल कनेक्टीभिटी, पेट्रोलियम पाइप लाइन र क्रस बार्डर ट्रान्समिसनमा सहमति भएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेर सहमति जनाएको दावी गरेका छन् ।

‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्वोधन हुन सकेन । भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो । तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवसता !’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका