जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा रेकर्ड ब्रेक : प्रतितोला १ लाख १३ हजार ३ सय

सुनको मूल्यमा रेकर्ड ब्रेक : प्रतितोला १ लाख १३ हजार ३ सय

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ८ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य शुक्रवार तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका