जोडिनुहोस
  • होमपेज
  • शरणार्थी प्रकरण : बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आज

शरणार्थी प्रकरण : बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आज

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट सुरु हुँदैछ ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पूर्व गृहमन्त्री खाण र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो ।

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजो बयान लिएका थिए ।

आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य सुरु हुनेछ । महर्जनले हिजो मात्रै आत्मसमर्पण गरेका थिए । सो प्रकरणमा मुछिएकाहरूको बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका