जोडिनुहोस
  • होमपेज
  • रेशमलाई आममाफी, नागरिकता विधेयक प्रमाणीकरणमा देउवाको एकल सहमति छ, अब सहन्न : गगन थापा

रेशमलाई आममाफी, नागरिकता विधेयक प्रमाणीकरणमा देउवाको एकल सहमति छ, अब सहन्न : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरण जस्ता विषय पार्टी सभापति शेरबहादुर देउवाको एकल सहमतिमा भएको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो दुई निर्णय कांग्रेसको नभएको बताए ।

उनले भने, ‘आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यी सबै विषय कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईंहरुले भन्दा पछि थाहा पाएको हुँ ।’

यो परिपाटी अहिलेसम्म सहँदै आए पनि अब नसहने महामन्त्री थापाले बताए । पार्टीलाई हित नगरेको निर्णय पार्टीका सबैले बोक्न नसक्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका