जोडिनुहोस
  • होमपेज
  • आर्थिक संकटका कारण अफगानिस्तानका बालबालिका इँटा भट्टामा काम गर्न बाध्य

आर्थिक संकटका कारण अफगानिस्तानका बालबालिका इँटा भट्टामा काम गर्न बाध्य

काबुल– अफगानिस्तानमा भएको आर्थिक संकटका कारण देशको राजधानी काबुलका बालबालिकालाई इँटा भट्टामा काम गर्न बाध्य भएको टोलो न्यूजले समाचार लेखेको छ। टोलो न्यूज अफगानिस्तानको स्थानीय समाचार च्यानल हो।

बालबालिकाले तालिबान सरकारलाई आफ्नो परिवारको आर्थिक समस्यालाई सम्बोधन गर्न र उनीहरूका लागि शिक्षाको व्यवस्था गर्न आग्रह पनि गरेको समाचारमा उल्लेख गरिएको छ ।

‘अन्य देशहरूमा बालबालिकाहरू पढ्छन् तर यहाँ हामी पढ्दैनौं, त्यसैले हामी सरकारलाई हाम्रो लागि शिक्षाको व्यवस्था गर्न आग्रह गर्दछौं।’ कारखानामा काम गर्ने बाल मजदुर फिरोजले भने, ‘हाम्रो भविष्य नष्ट भएको छ। हामी सबै बालबालिका यही इँटा कारखानामा काम गरिरहेका छौं।’

काबुलको देह सब्ज जिल्लामा रहेको इँटा कारखानामा काम गर्ने ११ वर्षीय सुजादले आर्थिक चुनौतीका कारण बुबासँगै काम गर्नुपर्ने बताए । ‘मेरो बुबा बिरामी हुनुहुन्छ र हामी यहाँ बिहानदेखि बेलुकासम्म काम गर्छौं, हामी सरकारलाई सहयोग गर्न आग्रह गर्छौं’– सुजादले भनाईलाई उद्दृत गदै टोलो न्यूजले लेखेको छ ।

‘हामी तालिबानलाई केटीहरूलाई पढ्न र डाक्टर बन्न अनुमति दिन आग्रह गर्छौ’, सुजादकी बहिनी जरेनाले भनिन्। यसैबीच, तालिवानको अर्थ मन्त्रालयले विदेशी संस्थाको सहयोगमा बालबालिकालाई शिक्षा प्रदान गर्ने प्रयास भइरहेको जनाएको छ।

‘हामी विदेशी संस्थाहरूको सहयोगमा शिक्षा प्रदान गर्ने प्रयास गरिरहेका छौं ताकि तिनीहरूले आफ्नो देशको प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकून्,’ कार्यवाहक तालिबान शासन अन्तर्गत अर्थ मन्त्रालयका सहायक अब्दुल लतिफ नाजारीले भने।

संयुक्त राष्ट्र संघले अफगानिस्तानमा २ करोड ८० लाख अफगान नागरिकलाई सहायतको आवश्यकता रहेको छ भने ६० लाख मानिस भोकमरीको चपेटामा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका