जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : चार खेल हुँदै

‘ए’ डिभिजन लिग : चार खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार चार खेलहरु हुँदैछन् ।

दोस्रो लेगको ११ औं चरण अन्तर्गत आइतबार चार खेलहरु हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र हिमालयनबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एनआरटी आज आठौं जित निकाल्ने योजनामा रहेको छ । एनआरटी २३ खेलमा २९ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

हिमालयन पनि आठौं जित निकाल्ने योजनामा रहेको छ । हिमालयन २३ खेलमा ३० अंक जोडेर आठौं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स सातौं जित निकाल्ने योजनामा रहेको छ । फ्रेन्ड्स २३ खेलमा २५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

मनाङ आठौं जितको खोजीमा हुनेछ । मनाङ २३ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यस्तै च्यासलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

पुलिस आज ११ औं जितको योजनामा हुनेछ । पुलिस २३ खेलमा ३४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

मछिन्द्र पनि ११ औं जितको खोजीमा हुनेछ । मछिन्द्र २३ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समा एफसी खुमलटार र संकटा क्लबबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे हुनेछ ।

खुमलटार आठौं जित निकाल्न चाहन्छ । खुमलटार २३ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ ।

संकटा सातौं जित निकाल्ने योजनामा रहेको छ । संकटा २३ खेलमा २७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका