जोडिनुहोस
  • होमपेज
  • एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने

एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागेको हो । ‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति हो । संसद चल्न दिदैनौं ।’

प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । तर निर्धारित समयमा बैठक सुरु हुन सकेको छैन ।

राष्ट्रपति पौडेलले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । दुवै सदनले दुईपटक पारित गरेर पठाएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकी थिइन् । मन्त्रिपपिरषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह सहितको पत्र राष्ट्रपतिलाई १२ जेठमा लेखेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका