जोडिनुहोस
  • होमपेज
  • ३० अर्ब ८७ करोड आन्तरिक ऋण उठाउँदै सरकार

३० अर्ब ८७ करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले मङ्गलवार ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने, ९१ दिने १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउन लागिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलवार निष्कासन हुने ट्रेजरीको सोमबार अर्थात् जेठ २२ गते सार्वजनिक बोलकबोल हुनेछ ।

इचछुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरूले सोमबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार कूल ट्रेजरी मध्ये २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुरानै नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ रुपैयाँ बराबरको मात्र नयाँ ट्रेजरी जारी गर्न लागिएको हो ।

बैंकका अनुसार कूल निष्कासन बिल मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ ।

यसअघि बैंकले जेठ १४ गते २२ अर्ब ८४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका