जोडिनुहोस
  • होमपेज
  • उपचार खर्च जुटाउन नसकेका मृगौला पीडितको सहयोगको अपिल

उपचार खर्च जुटाउन नसकेका मृगौला पीडितको सहयोगको अपिल

गोरखाको सहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङका मृगौला पीडित विकास श्रेष्ठलाई आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । केही समय अगाडि दुवै मृगौला फेल भएका ३० वर्षीय श्रेष्ठले निरन्तर रुपमा डायालिसस गर्दै आइरहेका छन् । निम्न परिवारका श्रेष्ठको महिनामा चारपटक डायलसिस गर्नुपर्दा आर्थिक अभावले उपचारमा समस्या भएको पीडित परिवारको गुनासो छ ।

डायलसिस भन्दा पनि समयमै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन् । जसका कारण पीडित परिवार मृगौला प्रत्यारोपणको तयारीमा जुटेको छ । तर खर्चको अभावमा मृगौला प्रत्यारोपण गर्न समेत समस्या भएको परिवारले बताएको छ ।

किष्ट अस्पतालमा मृगौला प्रत्यारोपणको तयारी भइरहेको छ । तर भएको जायजेथा समेत डायलसिस गर्दा सकिए पछि कसरी मृगौला प्रत्यारोपण गर्ने भन्ने चिन्तामा परिवार छ । जसका लागी पीडित परिवारले उपचारको लागि सहयोगको अपिल गरेको छ ।

दुवै मृगौला फेल भएका श्रेष्ठको उपचारमा अब करिब २० लाख लाग्ने बताइएको छ । तर यस अघिको उपचारमा सबै खर्च भइसकेको र साथमा उपचार खर्च नरहेकाले पीडित परिवारले सहयोगको अपेक्षा गरेको हो । श्रेष्ठको उपचारमा सहयोग गर्न चाहानेले पीडित विकास श्रेष्ठको नाममा रहेको प्राइम कमर्सियल बैंकको ०१९००३१C६ खातामा समेत सहयोग गर्न सकिन्छ । त्यस्तै उनलाई सहयोग गर्न ९८५६०९०५८५ मा सम्पर्क पनि गर्न सकिने परिवारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका