जोडिनुहोस
  • होमपेज
  • बिदाइ खेलमा बेन्जिमाको गोल

खेलकुद

बिदाइ खेलमा बेन्जिमाको गोल

  • Sagarmatha TV
  • सोमवार, जेष्ठ २२, २०८०
बिदाइ खेलमा बेन्जिमाको गोल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिक बिल्बाओसँग बराबरी खेलेको छ ।

आइतबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियलले बिल्बाओसँग १-१ गोलको बराबरी खेलेको हो ।

बिदाइ खेल खेलेका स्ट्राइकर करिम बेन्जिमाले गोल गरेपछि रियल हारबाट जोगिएको हो ।

बेन्जिमाले १४ वर्षपछि रियल छाड्ने घोषणा गरिसकेका छन् । उनले खेलको ७२ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

त्यसअघि खेलको ४९ औं मिनेटमा ओइहान सानसेटले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।

यस बराबरीसँगै रियलले ३८ खेलमा ७८ अंक जोडेको छ । रियलले दोस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।

बिल्बाओ ५१ अंक जोडेर आठौं स्थानमा रह्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका