जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले प्रष्टीकरण दिने भएपछि सदन सुचारु गर्ने सहमति

प्रधानमन्त्रीले प्रष्टीकरण दिने भएपछि सदन सुचारु गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रष्टीकरण दिने भएपछि सदनमा विपक्षी दलहरूले गरेको अवरोध हट्ने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण र भारतसँग भूमि साटफेर गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै एमाले, रास्वपा, राप्रपाले सदन अवरुद्ध गरेका थिए ।

आजको कार्यसूचीमा प्रधानमन्त्री दाहालले सार्वजनिक महत्वको विषयमा बैठकमा वक्तव्य दिने बुँदा थपिएको छ ।

सदन अवरोध हटाउन सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिएको छ । सदन सुचारु गर्न दिने सहमति बनेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले सदनमा जवाफ दिने भएपछि आज सदन सुचारु हुन्छ । बैठकमा हामीले पनि आफ्नो धारणा राख्छौं ।’

नागरिक विधेयक प्रमाणीकरणको विषयमा सर्वोच्च अदालतले नै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका