जोडिनुहोस
  • होमपेज
  • सर्वोच्च अदालतको आदेशविरुद्ध मधेसमा बिहानैदेखि प्रदर्शन

सर्वोच्च अदालतको आदेशविरुद्ध मधेसमा बिहानैदेखि प्रदर्शन

जनकपुरधाम । आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । नागरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका दलहरुविरुद्ध नारावाजी गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरिहरहेका छन् । प्रदर्शनपछि ढल्केवर जनकपुर सडकखण्ड अहिले अवरुद्ध भएको छ ।

सडकखण्डक अवरुद्ध हुँदा यात्रुहरुलाई समस्या परेका छन् । प्रदर्शनकारीले मधेस प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्ने लगायतका कार्यक्रम तय गरेका छन् ।

राष्ट्रपतिले नागरिकता विद्येयक प्रमाणीकरण गरेपछि नागरिकताविहीन सर्वसाधारण निकै खुशी भएका थिए । मधेसमा करिब ५ लाख युवाहरु नागरिकता नपाएर समस्यामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका