जोडिनुहोस
  • होमपेज
  • कन्फ्युज नहोस् मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन : प्रचण्ड

कन्फ्युज नहोस् मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् ।

‘मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रष्ट होस्’, प्रचण्डले भने, ‘कहीँ कोही कन्फुजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’

आफूले सोहीअनुसार आफ्नो भूमिका खेलेको पनि प्रचण्डले बताए । उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । तुलनात्मक रुपमा भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका