जोडिनुहोस
  • होमपेज
  • दोस्रो दिन नेप्से १७ अंकले घट्यो, १ अर्ब ९७ करोडको कारोबार

दोस्रो दिन नेप्से १७ अंकले घट्यो, १ अर्ब ९७ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन ५३ अंकमाथिले बढेको नेप्से सूचक दोस्रो नै पुनः १७ अंकमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से सूचक १७.३८ अंकले घट्दै १९ सय १.९९ अंकको विन्दुमा झरेको हो ।

यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज २.८८ अंकले घट्दै ३६२.२२ अंकमो झरेको छ । उसो त आज नेप्से सूचक दोहोरो अंकले घट्दैगर्दा यता कारोबार रकम समेत घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । यद्यपि, आज रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिभम् सिमेन्टको सेयर मूल्य ४.५० प्रतिशतले घट्न पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका