जोडिनुहोस
  • होमपेज
  • भिनिसियसलाई रंगभेदी दुर्व्यवहार गर्ने ७ जनालाई कारबाही

भिनिसियसलाई रंगभेदी दुर्व्यवहार गर्ने ७ जनालाई कारबाही

काठमाडौं । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरलाई रंगभेदी दुर्व्यवहार गरेको आरोपमा ७ जनालाई कारबाही गरिएको छ ।

ब्राजिलियन फरवार्डलाई गत जनवरीमा दुर्व्यवहार गर्ने ४ जनालाई ६० हजार युरो जरिवाना र २ वर्ष रंगशाला प्रवेशमा प्रतिबन्ध गरिएको छ । उनीहरुले गत जनवरीमा रियलको प्रशिक्षण मैदानमा जुनियरको पुत्ला झुण्डाएका थिए ।

चारै जना पुरुषलाई ११ दिनअघि पक्राउ गरी मड्रिडको अदालतले जमानतमा रिहा गरेको थियो।

यस्तै गत मेमा भ्यालेन्सियाविरुद्धको खेलमा जुनियरलाई दुर्व्यवहार गर्ने ३ जनालाई ५० हजार युरो जरिवाना र एक वर्ष रंगशाला प्रवेशमा प्रतिबन्ध गरिएको छ ।

तीनै जना १८ देखि २१ वर्ष उमेर बीचका छन् । प्रहरीले उनीहरुलाई खेलको दुई दिनपछि हिरासतमा लिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका