जोडिनुहोस
  • होमपेज
  • नेप्से परिसूचक २५.६६ अंकले वृद्धि

नेप्से परिसूचक २५.६६ अंकले वृद्धि

काठमाडौँ । सोमवार १७.३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा मंगलबार भने वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक २५.६६ अंक बढेर १९२७.६५ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.८७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेका छन् ।

मंगलवार कारोबारमा भएका २६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता शेयर १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमवारको तुलनामा कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । सोमवार १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.६७ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ । त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक २५ अंकले बढ्दा न्यादी हाइड्रोपावरको शेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै सोल्टी होटलको शेयरमूल्य ८.७५ प्रतिशत बढेको छ। मंगलवार सोल्टी होटलको ९ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका