जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशसभा बैठक सभामुखले गरे अनिश्चितकालका लागि स्थगित

कोशी प्रदेशसभा बैठक सभामुखले गरे अनिश्चितकालका लागि स्थगित

विराटनगर । कोशी प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । कोशी प्रदेश सरकारमा देखिएको सत्ता समीकरण हेरफेरले प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।

२४ गते कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने तयारी भएको थियो । एकाएक सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशसभा अनिश्चित भएको हो ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा नेकपा एमाले, माओवादी र कांग्रेसका सांसदहरूबीच जुहारी चलेको थियो । नेकपा माओवादी केन्द्र संसदीय दलको तर्फबाट विशेष समय लिएर गणेश उप्रेतीले बोलेलगत्तै प्रदेश सभामा संघीय संसदमा उठेका विषयहरू र अदालतमा पुगेको विषय उठाइएको भन्दै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नियमापत्ति गरेका थिए ।

नागरिकता विधेयक लगायतको विषयमा बोलिएका कुराहरूमा नेपाली कांग्रेसका केदार कार्की र राप्रपाकी नीमसरी राजवंशीले नियमापत्ति गरेकी छन् । लगत्तै प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले महालेखाको प्रतिवेदन प्रदेशसभामा पेस गरेका थिए ।

प्रतिवेदन प्रदेश सभामा पेस भएपछि अर्को बैठक अनिश्चितकालको लागि स्थगित भएको सभामुख बाबुराम गौतमले प्रदेश सभालाई जानकारी गराएका थिए । प्रदेशसभाको बैठक अनिश्चित भएसँगै बजेट, नीति तथा कार्यक्रम नै अन्यौलता पर्ने देखिएको छ । ढिलोमा प्रदेशले असार १ गतेसम्म बजेट ल्याइसक्नु पर्ने कानूनी प्रावधान छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका