जोडिनुहोस
  • होमपेज
  • विश्व महानगर सम्मेलनमा भाग लिन बालेन शाह ब्रसेल्स जाँदै, सरकारले दियो स्वीकृति

विश्व महानगर सम्मेलनमा भाग लिन बालेन शाह ब्रसेल्स जाँदै, सरकारले दियो स्वीकृति

काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाह जेठको अन्तिम साता बेल्जियमको भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन् ।

यस्तै आजकै मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ ।

त्यसै गरी कालीमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय पनि भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा ३ को उपदफा एक बमोजिम आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको छ ।

बैठकले माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुख हटाउन स्वीकृति दिने र मन्त्रिपरिषद्, विधेयक समितिबाट पेश भएको विद्युतीय ब्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका