जोडिनुहोस
  • होमपेज
  • सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

लन्डन । बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन् । बेलायती अखबार डेली मिररविरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका हुन् ।

डेली मिररका पत्रकारमाथि फोन ह्याकिङलगायतका गैर कानुनी गतिविधिमा संलग्न रहेको आरोपको मुद्दा अदालतमा चलिरहेको छ । एमजीएनको जासुसी र धोखाका कारण उनको व्यक्तिगत जीवनमा धेरै असर गरेको डेली मिररका पत्रकारमाथि आरोप छ ।

राजकुमार ह्यारी अब शाही परिवारमा छैनन् । उनी आफ्नी पत्नी मेगन मार्कल र दुई बच्चाहरूसँग अमेरिकामा बस्छन्।

अभियुक्त पक्षका वकिलले राजकुमारलाई मुद्दामा प्रश्न सोध्न सक्छन्। ह्यारीले बेलायती अखबारविरुद्ध उच्च अदालतमा चारवटा मुद्दा दायर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका