जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको एक क्लबमा गोलाबारी हुदाँ ६ घाइते

अन्तर्राष्ट्रिय

अमेरिकाको एक क्लबमा गोलाबारी हुदाँ ६ घाइते

  • Sagarmatha TV
  • सोमवार, जेष्ठ २९, २०८०
अमेरिकाको एक क्लबमा गोलाबारी हुदाँ ६ घाइते

न्युयोर्क । अमेरिकाको ह्युस्टन सहरस्थित ट्याबु क्लब बाहिर अन्धाधुन्ध गोलीबारी भएको छ । आइतबार राति भएको सो गोलाबरीमा ६ जनालाई गोली लागेको हो । आइतबार बिदा भएकाले क्लबमा भीड लागेको थियो ।

घटनाको समयमा क्लबको पार्किङ क्षेत्रमा पनि ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । यसैबीच अज्ञात व्यक्तिले गोली चलाउन थालेपछि उनीहरु भागेका थिए ।

प्रहरी पार्किङ क्षेत्रमा पुग्दा ६ जनालाई गोली लागेको पाइएको थियो, जसमध्ये एकको अवस्था गम्भीर छ । घाइतेको शल्यक्रिया गरिएको छ । अभियुक्तको सुराक अहिलेसम्म फेला परेको छैन ।

ह्युस्टनका प्रहरी प्रमुख ट्रोय फाइनरले भीडभाड भएको पार्किङ स्थलमा कसैले गोली चलाएको बताए । हालसम्म कुनै पनि संदिग्धलाई पक्राउ नगरिएको उनले बताए

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका