जोडिनुहोस
  • होमपेज
  • दोलखामा पहिरोले चार घर बगायो

दोलखामा पहिरोले चार घर बगायो

दोलखा – दोलखाको विगु गाउँपालिका– ३ मा पहिरोले चार वटा घर बगाएको छ।

शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बर प्रसाद ओलीको घर बनाएको दोलखा प्रहरीले जनाएको छ।

पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका थिए। पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ।

पहिरोले उत्तरको माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र विगु गाउँपालिका केही वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका