जोडिनुहोस
  • होमपेज
  • नेतृत्वको इच्छाशक्ति नभएको कारण जनतामा निराशा छायो  शेखर कोइराला

नेतृत्वको इच्छाशक्ति नभएको कारण जनतामा निराशा छायो  शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूमा इच्छाशक्ति नभएकै कारण जनतामा निराशा छाएको बताएका छन् । नेताहरूकै आचरणका कारण जनतामा चरम निराशा छाएको कोइरालाले बताए ।

नेपाली कांग्रेस नवलपरासी पश्चिमको प्रथम जिल्ला सम्मेलनलाई परासीमा सम्बोधन गर्दै उनले जनतालाई आशा जगाउने र हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता भएको बताएका हुन् । राजनीतिक दलको नेतृत्वमा बस्नेहरूले कुनै कालखण्डमा देश र प्रजातन्त्रको लागी राम्रो काम गरेको बताउँदै कोइरालाले भने( ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढङ्गले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मान पूर्वक नेतृत्व छाड्नुपर्छ ।’ नेता कोइरालाले गुट र उपगुटको चौघेरामा रमाउन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न कार्यकर्तालाई आग्रह समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका