जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौ उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ यातायातमन्त्री ज्वाला

काठमाण्डौ उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ यातायातमन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाण्डौ उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गर्नुभएको छ ।

सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताउनुभयो ।

उहाँले तीन तहकै सरकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताउनु भयो । उहाँले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाण्डौ उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डा देख्न सक्नहुन्नँ । खानेपानीले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ र पनि हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ । बाँकी कहीँकतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ ।’

मन्त्री ज्वालाले काठमाण्डौ उपत्यकालाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका