जोडिनुहोस
  • होमपेज
  • विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु

विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको छ । बिहीबारदेखि विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चार दिनसम्म सम्मेलन सञ्चालन हुनेछ । अर्को विश्व सम्भव छ भन्ने नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटनका क्रममा भृकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म मार्चपास गरिएको छ । सो क्रममा पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो । पदयात्रालाई विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धता जनाएका थिए । सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता रहेको छ । सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानून, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका