जोडिनुहोस
  • होमपेज
  • भक्तपुरको बाल सुधारगृहबाट कैदीबन्दी फरार

भक्तपुरको बाल सुधारगृहबाट कैदीबन्दी फरार

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधारगृहबाट डेढ सयभन्दा बढी कैदीबन्दी भागेका छन् । उनीहरूमध्ये केहीलाई प्रहरीले समातेको छ ।

सोमबार बिहान सुधारगृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मूलढोका फोडेर बाहिर निस्कन थालेपछि प्रहरीले गोली चलाएको थियो ।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका–३ कठजोरका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो। सुधारगृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधारगृह बाहिर नारावाजी गर्दै प्रदर्शन गरेका थिए। सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए।

बन्दीहरु सुधार गृहको कम्पाउण्डको मूलढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ। बन्दीहरुले सुधारगृह बाहिर निस्केर प्रहरीमाथि भाला र रडले आक्रमण गर्दै लखेट्न सुरु गरेका थिए।

अहिले सुधारगृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् भने ३६ जना महिला मात्र बाँकी छन् । कैदीबन्दी भागेपछि अहिले त्यो क्षेत्रमा सुरक्षाकर्मी व्यापक परिचालन गरिएको छ । सुधारगृहमा २५६ जना बन्दी राखिएको थियो ।

तस्बिरः कमल प्रसाईको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका