जोडिनुहोस
  • होमपेज
  • जी–२० उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीद्वारा ‘सबैको साथ, सबैको विकास’को मन्त्र शिरोधार्य गर्न आह्वान

जी–२० उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीद्वारा ‘सबैको साथ, सबैको विकास’को मन्त्र शिरोधार्य गर्न आह्वान

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० शिखर सम्मेलनमा आफ्नो सम्बोधनमा पुराना चुनौतीहरूको नयाँ समाधान खोज्न २१ औं शताब्दीको महत्त्वलाई जोड दिए र विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न मानव केन्द्रित दृष्टिकोणको लागि आह्वान गरे

राष्ट्रिय राजधानीको भरत मण्डपममा आयोजित जी–२० शिखर सम्मेलनको उद्घाटनमा बोल्दै प्रधानमन्त्री मोदीले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न र द्वन्द्वका कारण हुने विश्वासको कमीलाई हटाउन मानव केन्द्रित दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औंल्याए।

२१ औं शताब्दी विश्वलाई नयाँ दिशा देखाउने महत्त्वपूर्ण समय हो। यो समय हो जब पुराना समस्याहरूले हामीबाट नयाँ समाधान खोजिरहेका छन् र त्यसैले हामी मानव केन्द्रित दृष्टिकोणका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नुपर्छ,ू उनले भने। ।

प्रधानमन्त्री मोदीले युक्रेनको युद्धले विश्व स्तरमा विश्वासको कमी भएको दाबी गर्दै सबै जी–२० शिखर सम्मेलनका नेताहरूलाई मिलेर काम गर्न आह्वान गरे।

भारतले विश्वव्यापी रुपमा घट्दै गएको विश्वासको वातावरणलाई मध्यनजर गर्दै सबैको साथ, सबैको विकासको मूल मन्त्रलाई शिरोधार्य गर्नुपर्ने बताए । यो समय हामी सबै मिलेर अघि बढ्ने बेला भएको प्रधानमन्त्री मोदीले बताएका छन् ।

उनले भने, ‘उत्तर र दक्षिणको विभाजन, पूर्व–पश्चिमको दूरी, खाद्य तथा इन्धनको व्यवस्थापन, आतंकवाद, साइबर सुरक्षा , स्वास्थ्य, ऊर्जा वा जल सुरक्षाको विषयमा हामीले भविष्यका लागि यसको ठोस समाधान खोज्नुपर्ने बताए ।

प्रधानमन्त्री मोदीले अफ्रिकी संघलाई २० को समूहको स्थायी सदस्य बनाइएको र अध्यक्ष अजाली असुमानीले प्रतिनिधित्व गर्ने अफ्रिकी संघलाई स्थायी सदस्यको रूपमा जी–२० नेताहरूको टेबलमा बस्न आमन्त्रित गरे। आफ्नो सम्बोधनको सुरुमा प्रधानमन्त्री मोदीले मोरक्कोमा आज बिहान भूकम्पमा परी ज्यान गुमाएकामा शोक व्यक्त गरेका छन् ।

शिखर सम्मेलनमा युरोपेली संघका ३० भन्दा बढी राष्ट्र प्रमुख तथा उच्च अधिकारीहरु र आमन्त्रित अतिथि देशहरु र १४ वटा अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरुको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका