जोडिनुहोस
  • होमपेज
  • पुटिन र किमको भेटअघि उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार

पुटिन र किमको भेटअघि उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार

सोल । उत्तर कोरियाले बुधबार बिहान दुईवटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भेटवार्ता अघि उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हो ।

दक्षिण कोरियाको सेनाअनुसार ती क्षेप्यास्त्र प्योङयाङको सुनान क्षेत्रबाट इस्ट सीबाट स्थानीय समयअनुसार बिहान ११ः४३ देखि ११ः५३ बजेको बीचमा प्रहार गरिएका थिए ।

रुसी मिडियाका अनुसार भर्खरै भोस्टोच्नी कस्मोड्रोममा पुटिन र किमबीच भेटवार्ता भएको छ । किम मंगलबार विशेष रेलबाट रुस पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका