जोडिनुहोस
  • होमपेज
  • जर्मनीसँग पनि श्रम सम्झौता, श्रमिकहरूले कुनै शुल्क तिर्नु नपर्ने

जर्मनीसँग पनि श्रम सम्झौता, श्रमिकहरूले कुनै शुल्क तिर्नु नपर्ने

काठमाडौं । नेपालले जर्मनीसँग पनि श्रम सम्झौता गरेको छ। मंगलबार जर्मनसँग श्रम सम्झौता गरेको हो। यसअघि नेपालले रोमानियासँग श्रम सम्झौता गरेको थियो।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपेली देश रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको जनाएको छ। युरोपेली देश रोमानिया र जर्मनी जान नेपालीले लाखौँ रुपैयाँ तिरेर ठगीमा पर्ने गरेका छन् । सुरक्षित गन्तव्यको खोजी गर्ने क्रममा नेपालले श्रम सम्झौता गरेको हो ।

समझदारीअनुसार जर्मनी जाँदा श्रमिकहरूले कुनै पनि शुल्क तिर्नु नपर्ने श्रम मन्त्रालयले जनाएको छ । जर्मनीले अहिले कुन–कुन क्षेत्रमा नेपाली श्रमिक लैजाने भनेर तोकिसकेको भने छैन । जर्मनीमा निर्माण क्षेत्र, फ्याक्ट्रीलगायत क्षेत्रमा श्रमिक माग हुने गरेको छ।

जर्मनी जान श्रमिकहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने छन्। जर्मनीमा श्रम सम्झौता नभए पनि विभिन्न बाटो हुँदै नेपालीहरू पुगेका छन्। नेपालीहरू भिजिट भिसा, अवैध बाटो हुँदै जर्मनी पुग्ने गरेका छन् । अबदेखि जर्मनीमा दक्षिण कोरिया जस्तै इपिएस प्रणालीअनुसार श्रमिकहरू जाने छन् । रोमानियामा भने मेनपावर कम्पनीले श्रमिक पठाउने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका