जोडिनुहोस
  • होमपेज
  • कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने

कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने

नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ ।

सोमबार बसेको माओवादीको कोशी प्रदेश सचिवालय बैठकले केन्द्रीय कमिटीको सहमतिमा कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले आगामी कार्तिक १ गते विश्वासको मत लिँदैछन् ।

नेपाली कांग्रेसको विद्रोही समूहका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीविरुद्ध सत्ता गठबन्धनले माओवादीका प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो ।

कार्की मुख्यमन्त्री बनेसँगै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका नेता शेखर कोइरालाबीच केन्द्रमा कायम सत्ता गठबन्धनलाई निरन्तरता दिने सकमति बनेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका