जोडिनुहोस
  • होमपेज
  • समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गर्नुपर्छ  अध्यक्ष केसी

समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गर्नुपर्छ  अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरु सांसद बनेको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा केसीले भने, ‘दलितहरु, विपन्न समुदायहरु, जनजातिहरु, त्यस ठाउँका जसले सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौैं, तर समानुपातिकमा त पार्टी भित्रका सबभन्दा धनाढ्यहरु, पहुँचवालाहरु आएपछि समानुपातिकको औचित्य के रु यसमा गम्भीर रुपले विचार गर्नुपर्छ ।’

शक्ति र सम्पत्ति भएकाहरु समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै उनले यसको औचित्यमाथि प्रश्न उठाए ।

केसीले निर्वाचन प्रणाली खर्चिलो भएको पनि बताए । अहिलेको निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि चुनाव जित्न नसक्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका