जोडिनुहोस
  • होमपेज
  • भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि आज कार्यविधि ल्याइँदै

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि आज कार्यविधि ल्याइँदै

काठमाडौं । सरकारले जाजरकोट भूकम्पपीडितलाई तत्काल अस्थायी आवास निर्माणका लागि आइतबार कार्यविधि बनाउँदैछ।

कात्तिक १७ गते शुक्रबार रातिको भूकम्पले प्रभावित भएका जाजरकोट, पश्चिम रुकुमसहित १२ जिल्लाका प्रभावितलाई तत्काल अस्थायी आवास बनाउनका लागि आज कार्यविधि पारित गर्न लागिएको हो।

यसका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अध्यक्ष रहको राष्ट्रिय विपद व्यवस्थापन कार्यकारी समितिको बैठक दिउँसो १२ बजे बस्दैछ। २०७२ पछिका भूकम्पबाट घर गुमाएकालाई स्थायी र अस्थायी आवासका लागि अनुदान दिन छुट्टै व्यवस्था नरहेकाले सरकारले भूकम्पपीडित अस्थायी आवास निर्माणसम्बन्धी कार्यविधि पारित गर्न लागेको हो।

कार्यविधि पारितपछि भूकम्पबाट पूर्ण र आंशिक रुपमा घरमा परिवारलाई तत्काल राहत हुनेछ। यसअघि सरकारले भूकम्पपीडितलाई तत्काल ५० हजार नगद राहत दिने निर्णय गरिसकेको छ। भूकम्पबाट २६ हजार ५ सय २८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ३५ हजार भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका