जोडिनुहोस
  • होमपेज
  • घट्टेकुलोमा सांसदकै पसल चोरी, सुनको सिक्री लिएर चोर फरार

घट्टेकुलोमा सांसदकै पसल चोरी, सुनको सिक्री लिएर चोर फरार

काठमाडौं । काठमाडौं महानगरपालिकास्थित घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ।

मंगलबार बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरेर लगेको सांसद महराले बताए। ‘पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो’, उनले भने। प्रहरीले सिसी टिभी फुटेजका आधारमा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका