जोडिनुहोस
  • होमपेज
  • क्यानडाले चीनद्वारा प्रबद्धित एसियाली पूर्वाधार लगानी बैंक माथिको अनुसन्धान अझ फराकिलो बनाउने

क्यानडाले चीनद्वारा प्रबद्धित एसियाली पूर्वाधार लगानी बैंक माथिको अनुसन्धान अझ फराकिलो बनाउने

ओटावा— क्यानडाले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को अनुसन्धानलाई फराकिलो बनाउँदै बताएको छ । त्यसो त क्यानडाले पछिल्लो समय बहुपक्षीय संगठनमा आफ्नो सहभागिता अनिश्चितकालका लागि निष्क्रिय पारिरहेको छ।

ह्विस्टल ब्लोअरले चीनको सत्तारूढ पार्टीले बैंकमा तार तानेको दाबी गरेपछि क्यानडाले जूनमा एआईआईबी मा आफ्नो संलग्नतालाई अस्थायी रूपमा निलम्बन गरेको थियो ।

एआईआईबी, चिनियाँ राष्ट्रपति सी जिनपिङ द्वारा सन् २०१६ स्थापना एक परियोजना हो । यो स्थापना गर्नु प्रमुख उद्देश्य विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको पश्चिमी प्रभुत्वको सामना गर्न सुरु गरिएको थियो।

यसमा अष्ट्रेलिया, क्यानडा, फ्रान्स र जर्मनी सहित १०६ विश्वव्यापी सदस्यहरू छन्।

‘हाम्रा केही निकटतम अन्तर्राष्ट्रिय साझेदारहरूसँग परामर्शमा, क्यानाडाले एआईआईबीको समीक्षा विस्तार गर्दैछ’, उपप्रधानमन्त्री क्रिस्टिया फ्रील्याण्डले एक विज्ञप्तिमा भनिन्, बैंकमा क्यानडाको सहभागिता अनिश्चितकालका लागि निलम्बित रहनेछ।

अनुसन्धानमा एआईआईबी लगानीको विश्लेषण, साथै यसको शासन र व्यवस्थापन ढाँचा, र पूर्व कार्यकारीले उठाएका चिन्ताहरूको व्यवस्थापनको प्रतिक्रियाको मूल्याङ्कन समावेश हुनेछ।

बब पिकार्ड, एक क्यानाडाली जो बैंकको सञ्चार प्रमुख थिए, जूनमा उनले राजीनामा दिएका थिए । उनले बैँकमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूको प्रभुत्व रहेको आरोप लगाएका छन् भने मुख्य रूपमा बेइजिङको रुचिका परियोजनाहरूलाई बैँकले वित्त प्रदान गर्ने बताएका थिए ।

क्यानडाले हालैको आईएमएफ बैठकको पूर्वसन्धामा अस्ट्रेलिया, बेलायत, जर्मनी र स्वीडेनसँग ती चिन्ताहरू उठाएको बताएको छ।

एआईआईबी र चीनको विदेश मन्त्रालयले पिकार्डको दाबीलाई अस्वीकार गरेको छ भने बैंकले खुलापन, योग्यता र पारदर्शितासँग काम गरिरहेको दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका