जोडिनुहोस
  • होमपेज
  • सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ मन्त्री शर्मा

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् । कम्प्युटर एशोसिएसन नेपाल महासंघ ९क्यान०ले आयोजना गरेको सूचना तथा प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने भन्दै यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी हुन् ।

उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक सुधारमा लागेको र राष्ट्रिय साइबर सुरक्षा नीति जारी गरी कार्यान्वयनमा समेत ल्याइसकेको जानकारी दिइन् । सरकारको मुख्य कार्यभार सुशासन, सामाजिक न्याय र समृद्धिमा सूचना तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनले बताइन् ।

मन्त्री शर्माले सूचना प्रविधिको विकासमार्फत सेवा विकास गर्न सकिने र यसबाट रोजगारी सिर्जना गर्दै बढ्दो विदेश पलायनलाई पनि रोक्न सकिने बताइन् । अबको लगानी सूचना प्रविधि क्षेत्रमा हुनुपर्ने र सूचना प्रविधिको क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिने उनको भनाइ छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका