जोडिनुहोस
  • होमपेज
  • चोरीको ट्याक्टर बेच्‍न भारत भाग्दै गर्दा एकजना पक्राउ

चोरीको ट्याक्टर बेच्‍न भारत भाग्दै गर्दा एकजना पक्राउ

झापा – झापाको गौरीगञ्ज गाउँपालिका– १ बाट ट्याक्टर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घरअगाडि पार्किङ गरिराखेको मे. १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो।

चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जिवारीको प्रहरी टोलीले सोही दिन दिउँसो साढे ११ बजे गौरादह नगरपालिका–९ का ३५ वर्षीय सुनिल टुडुले भारततर्फ लाँदै गरेको अवस्थामा ट्याक्टर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो।

घटना सम्बन्धमा झापा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका