जोडिनुहोस
  • होमपेज
  • लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको पुरुषतर्फको उपाधि पुनलाई, महिला हाफ म्याराथनमा श्रेष्ठ विजयी

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको पुरुषतर्फको उपाधि पुनलाई, महिला हाफ म्याराथनमा श्रेष्ठ विजयी

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथन उपाधि बाग्लुङका तिर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरे । उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै उक्त दुरी २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्का दोस्रो भए । उनले नगद ३ लाखसहित मेडल र प्रमाण पत्र पाएका थिए । उनलाई पछ्याउँदै कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तृतीय स्थान प्राप्त गरे । उनले २ लाख रुपैयाँ पाए । प्रतियोगितामा अनिस थापा चौथो, किरण बोगटी पाँचौं, सुशीलकुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरेले दसौं स्थान हासिल गरे । चौथो देखि १० औंसम्म आउनेले क्रमश १ लाख, ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गरे ।

म्याराथन अन्तर्गत महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । धावीका श्रेष्ठले निर्धारित २१ दशमलब १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी हुन् । त्यस्तै, नेपाली सेनाको पुर्णराज्यलश्रमी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान ओगटिन् । उनलाई पछ्याउंदै एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दुरी पार गर्न सफल भइन् । योसंगै उनले तेस्रो स्थान पक्का गरिन् । विजेता श्रेष्ठले २ लाख, न्यौपनेले १ लाख ६० हजार तथा भण्डारीले १ लाख २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रा तर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुन्ना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ आशिष कुमार क्षेत्रीले तृतीय, सन्देश पाण्डेले द्वितीय र उमेश बराईले प्रथम स्थान ओगट्न सफल भए । साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेश सिंह राउत तृतीय भए । ५ किलोमिटर दौडको महिला तर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय भएका थिए । ५ किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ट्ठ जनही १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनियाँ राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले पुरस्कार प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका