जोडिनुहोस
  • होमपेज
  • खेलाडीको विदेश पलायनः मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया  उडे

खेलाडीको विदेश पलायनः मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया  उडे

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई अष्ट्रेलियातर्फ लागेका छन्।

राष्ट्रिय टोलीका नियमित सदस्य विशाल शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्।

सहिद स्मारक ‘ए’ डिभिजन लिग नजिकिँदै गर्दा पनि खेलाडी पलायन रोकिएको छैन। च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर रहेका विशाल नयाँ सिजन नजिकिँदै गर्दा अस्ट्रेलियातर्फ लागेका हुन्।

यो वर्षक आगामी १९ फागुनबाट सहिद स्मारक ए डिभिजन लिग सुरु हुँदैछ। मछिन्द्रले लगातार दुई पटक लिग जित्दा उनी टिमका मुख्य खेलाडी थिए। विशालले मनाङ मर्स्याङ्दी क्लबबाट समेत लिगको उपाधि जितेका थिए।

विशालले नेपाली राष्ट्रिय टिममा उमेर समूह हुँदै लामो समयदेखि नियमित सदस्यका रुपमा रहेका छन्। विशालले नेपालका लागि २८ खेलमा ३ गोल गरेका छन्।

पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियमित प्रतियोगिता नगर्दा र अस्ट्रेलियालगायत देशमा सेटल हुने लोभमा खेलाडीको पलायन बढेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका