जोडिनुहोस
  • होमपेज
  • बिहान साढे ५ बजे एयरपोर्ट पुगे मन्त्री किराती

बिहान साढे ५ बजे एयरपोर्ट पुगे मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

मन्त्री किरातीले आज बिहानै साढे ५ बजे विमानस्थल पुगेर यसअघि दिइएका निर्देशन कार्यान्वयन भए नभएको जानकारी लिएका हुन् । उनको आजको अनुगमन तेस्रो हो । उनले सामाजिक सञ्जालमार्फत विमानस्थलको क्रमिक सुधार भइरहेको अनुगमनपछि जानकारी दिएका छन् ।

‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ ।’

एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा समेत मन्त्री किरातीले गरेका छन् ।

एयरपोर्टमा कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमन गर्ने व्यवस्था समेत गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीको भनाइ छ । साथै मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यांकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन् ।

१५ सय चक्का लगायत पार्टस् खरिदका लागि बोलपत्र आह्वान पनि गरिएको छ । बिग्रिएका ट्रलीका चक्का मर्मत समेत भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?