जोडिनुहोस
  • होमपेज
  • सिन्धुली दुर्घटना : उद्धारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

सिन्धुली दुर्घटना : उद्धारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीमा बस दुर्घटना परि घाइते भएकाहरूको उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

आइतबार बिहान ओखलढुङ्गाको रुम्जाटारबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीको फिक्कल–४ मा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै २८ जना घाइते भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित उद्धार कार्य प्रभावकारी बनाउन सम्बद्ध सबैमा निर्देशित गर्दछु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका