जोडिनुहोस
  • होमपेज
  • महाराष्ट्रमा जी–२० अन्तर्गत नागरिक समाजको बैठक

महाराष्ट्रमा जी–२० अन्तर्गत नागरिक समाजको बैठक

नागपुर –भारतको महाराष्ट्र प्रान्तको नागपुर शहर जी–२० शिखर सम्मेलन अन्र्तगत नागरिक समाज बैठकको लागि सजावटी बत्तीहरूले सजिएको छ। आजबाट मार्च २२ तारिखसम्म दुई दिन सम्म चल्ने बैठकमा जी–२० देश तथा र अन्य देशहरूका नागरिक समाजका करिब २५० प्रतिनिधिहरूले सहभागि हुनेछन्।

जी–२० अन्र्तगत भारतको अध्यक्षता मा भएको विकास कार्य समूह को पहिलो बैठक डिसेम्बर १३ मा मुम्बईमा भएको थियो । बैठकमा सदस्य राष्ट्र, अतिथि देशहरू र आमन्त्रित अन्तर्राष्ट्रिय संस्थाहरूले भाग लिए।

तीन दिने विकास कार्य समूहको बैठकले खाद्य, इन्धन र मल सुरक्षा सम्बन्धी तत्काल सरोकारहरू समाधान गर्न विकासशील देशहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । जी–२० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिका र युरोपेली राष्ट्रहरू छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका