जोडिनुहोस
  • होमपेज
  • पहिचावादीद्वारा धरान उपमहानगर र वडा कार्यालयहरुमा ताला

पहिचावादीद्वारा धरान उपमहानगर र वडा कार्यालयहरुमा ताला

काठमाडौं । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलनरत पक्षधरहरुले विहिबार उपमहानगरपालिका र वडा कार्यालयहरुमा ताला लगाएको छ ।

पहिचान पक्षधरका आन्दोलनकारीहरुले कार्यालयबाट बाहिर निस्कन आग्रह गरेपछि उपमहागनरपालिकाका कर्मचारीहरु सबै बाहिरिएका थिए । कर्मचारीहरु बाहिरिएपछि आन्दोलनकारीहरुले गेटमा ताला लगाएका थिए । उनीहरुले कोशी प्रदेश लेखिएको स्टाम्प समेत गेट अघि जलाएका थिए ।

उनीहरुले वडा नम्बर ५, वडा नम्बर १५, वडा नं १२ मा पनि आन्दोलनकारीहरुले ताला लगाएका छन् । उनीहरुले धरानका सबै वडा कार्यालयहरुमा ताला लगाउने अभियान चलाएको जनाएको छ ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरुले त्यसको विरोध गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बु ‘लाजेहाङ’को उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका