जोडिनुहोस
  • होमपेज
  • पाकिस्तान सरकारद्वारा देशभित्र अफगानी नागरिकको आवतजावतमा प्रतिबन्ध

पाकिस्तान सरकारद्वारा देशभित्र अफगानी नागरिकको आवतजावतमा प्रतिबन्ध

लाहोर– पाकिस्तान सरकारले भर्खरै घोषणा गरेको नयाँ नीति अनुसार अफगान नागरिक र शरणार्थीहरूलाई देश भित्र स्वतन्त्र आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नयाँ नीतिअनुसार अफगान नागरिकको आवतजावतलाई सम्बन्धित प्रहरी चौकीमा दर्ता गराइनेछ र उनीहरू भिसा वा आवास अनुमतिको म्याद सकिएपछि स्वदेश फर्किनुपर्नेछ।

आस्मा टिभीक अनुसार अफगान नागरिकहरूले अर्को प्रान्तमा वा शहरहरू बीचको आफ्नो आवतजावतको बारेमा सम्बन्धित प्रहरी स्टेशनलाई जानकारी दिन अनिवार्य हुनेछ। उनीहरुले भ्रमणको उद्देश्य र ठेगाना पनि प्रहरी चौकीलाई बताउनुपर्ने स्रोतले जनाएको छ ।

पाकिस्तान सरकारले देशभित्र अफगान नागरिकहरूको स्वतन्त्र आवतजावतमा प्रतिबन्ध लगाउने पछिल्लो निर्णयको कारण स्पष्ट रूपमा बताएको छैन। यसअघि, पाकिस्तानको आन्तरिक मन्त्रालयले अफगान नागरिकलाई ३० डिसेम्बर २०२२ सम्म दर्ता गराउन वा देश छाड्न म्याद दिएको थियो । यसो नगरेमा , उनीहरूलाई जेल वा जबरजस्ती निर्वासनको सामना गरिने पाकिस्तानले चेतावनी दिएको थियो ।

लगभग ४ लाख अफगान शरणार्थीहरूले आफूलाई दर्ता गर्न असफल भएपछि, नयाँ नीतिले अफगान नागरिकहरूलाई पाकिस्तानको एक शहरबाट अर्को शहरमा स्वतन्त्र आवतजावतमा प्रतिबन्ध लगाएको छ । यसैबीच, हालै पाकिस्तानबाट अफगान शरणार्थीहरूलाई स्वैच्छिक स्वदेश फिर्ता गर्ने घोषणा गरेको छ। ग्यो नीति अनुसार, परिवारका प्रत्येक सदस्यले स्वैच्छिक स्वदेश फिर्तीमा ३५० अमेरिकी डलर प्राप्त गर्नेछन्।

अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएदेखि, हजारौं अफगान शरणार्थीहरू पाकिस्तानमा बसाइँ सरेका छन्, जसमध्ये अधिकांश भिसा बिना नै देशमा प्रवेश गरेका छन्। भिसा लिएर स्वदेश प्रवेश गरेकाको पनि भिसाको म्याद सकिएको र बसाई अनुमति अवधि थप्न नसक्दा अहिले गम्भीर समस्या भोग्नु परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका